जुवा खेल्दाखेल्दै पाँच पक्राउ, दुई लाखभन्दा बढी बरामद 

जुवा खेल्दाखेल्दै पाँच पक्राउ, दुई लाखभन्दा बढी बरामद 
सांकेतिक तस्बिर।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा खोरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय ६० वर्षीय भक्तबहादुर शाही, ३६ वर्षीय रंग साउद, ४२ वर्षीय रामबहादुर साउद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीरबहादुर साउद जुवा खेल्दाखेल्दै पक्राउ परेका हुन्। 

जुवाको खालबाट दुई लाख २३ हजार ५०० सय रूपैयाँ र दुई बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल र जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको प्रहरीले जनाएको छ। 

कात्तिक १२, २०७७ बुधबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।