हैदरावादसँग दिल्ली पराजित

संयुक्त अरब इमिरेट्स (युएई)मा मंगलबार अबेर राति सम्पन्न खेलमा हैदरावादले दिल्लीलाई हराउँदै अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। हैदरावादको १२ खेलबाट १० अंक बटुलेको छ।
हारसँगै दिल्ली एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ। उसको १२ खेलबाट १४ अंक छ।
२२० रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १३१ रनमा समेटियो। उसका लागि रिसभ पन्तले सर्वाधिक ३६ रन जोडे। यस्तै, अजिक्या रहानले २६ र सिमरोन हेटमायरले १६ रनको योगदान दिए। १० औं नम्बरमा ब्याटिङ गर्न आएका तुसार देशपाण्डेले अविजित रहँदै २० रन जोडे।
बलिङतर्फ हैदरावादका रासिद खानले सर्वाधिक ३ विकेट लिँदा सन्दीप शर्मा र टि नटाराजनले समान २ विकेट चट्काए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो। उसका लागि रिद्धिमान शाहले ८७ र डेभिड वार्नरले ६६ रन बनाएका थिए। यस्तै, मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा अविजित रहेका थिए।
बलिङतर्फ दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले समान १ विकेट लिएका थिए।
क्रिकइन्फो डट कम
कात्तिक ११, २०७७ मंगलबार २३:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।