रोकिएको मिनिट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से१प ८७६१ नम्बरको मोटरसाइकल धनगढी-अत्तरिया सडकको बोराडाँडी खण्डमा रोकेर राखिएको म१ख ६१७ नम्बरको मिनिट्रकमा ठोक्किँदा अन्दाजी २०/२२ वर्षको युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाइते रहेका मोटरसाइकल चालकलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कात्तिक ११, २०७७ मंगलबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।