फोक्सो मजबुत ज्यान स्वस्थ

दोहोरो श्वासप्रश्वास प्रक्रिया चलुञ्जेल व्यक्ति बाँच्न सक्छ। व्यक्ति स्वस्थ तथा मजबुत रहनका लागि सन्तुलित रुपमा श्वासप्रश्वास प्रक्रिया चल्न आवश्यक हुन्छ। श्वासप्रश्वासको प्रत्यक्ष सम्बन्ध फोक्सोसँग हुन्छ। फोक्सो नै कमजोर तथा अस्वस्थ भएको अवस्थामा श्वासप्रश्वास प्रक्रिया पनि असहज बन्न पुग्छ।
त्यसैले फोक्सो स्वस्थ तथा मजबुत बनाउन आवश्यक हुन्छ। फोक्सो स्वस्थ तथा मजबुत बनाउने विभिन्न तरिका छन्।
हामीले नाकबाट लिएको अक्सिजन (श्वास) फोक्सोमा पुग्छ।
श्वास फेर्नेक्रममा हामीले लिएको अक्सिजन शरीरमा पुगेपछि शरीरका विकार तŒव कार्बनडाइअक्साइडमा परिणत भई शरीर बाहिर जान्छ। यो प्रक्रियाका लागि फोक्सो मजबुत हुन आवश्यक हुन्छ।
पहिलो चरण
फोक्सोको व्यायाम गर्ने केही तौर तरिका छन्। फोक्सोको व्यायाम गर्ने पहिलो चरणका बारेमा चर्चा गरौँ। फोक्सोको व्यायाम गर्ने क्रममा सबैभन्दा पहिला कुनै स्वच्छ वातावरणयुक्त ठाउँमा बस्नुपर्छ। त्यसपछि सुरुमा बिस्तारै लामो श्वास लिँदै लामो श्वास छोडिन्छ। करिब दसपटक लामो श्वास लिँदै छोड्नु उचित हुन्छ।
लामो श्वास लिँदै छोड्नाले फोक्सोको खुम्चने र फुक्ने प्रक्रिया हुन्छ। फोक्सो खुम्चने र फुल्ने प्रक्रियाले फोक्सो मजबुत बन्छ। जसले श्वासप्रश्वासमा सहज हुन्छ। श्वासप्रश्वासमा सहजता हुँदा रक्तनलीमार्फत आएका विकार तŒव कार्बनडाइअक्साइडका रुपमा फोक्सोसम्म आइपुग्छ। त्यसपछि त्यस्ता विकार तŒव शरीर बाहिर जान्छ। यसरी व्यायाम गर्नाले शरीरमा पर्याप्त अक्सिजन पुगी रगतको शुद्धीकरण हुन्छ। जसले फोक्सो मात्रै हैन समग्र शरीर नै मजबुत हुन्छ।
दोस्रो चरण
फोक्सोको दोस्रो चरणको व्यायाम गर्दा केही जोड गरेर नाकबाट श्वास बाहिर फाल्नुपर्छ। स्वाँ स्वाँ... गर्दै एकोहोरो रुपमा छिटोछिटो श्वास फाल्नु उचित हुन्छ। अक्सिजन बढी लिने र कार्बनडाइअक्साइड कम फाल्ने सामान्य शारीरिक प्रक्रिया हो। तर, कार्बनडाइअक्साइड बढी फाल्नाले शरीरको विकारतŒव श्वासमार्फत बाहिर जान्छ
शरीरको विकार तŒव नै शरीर बाहिर गएपछि फोक्सोका साथै समग्र शरीर नै स्वस्थ बन्छ। त्यसैले स्वाँ स्वाँ गर्दै कार्बनडाइअक्साइड बढी फाल्नु पर्छ।
तेस्रो चरण
त्यसैगरी फोक्सोको तेस्रो चरणको व्यायाममा नाकले एकोहोरो रुपमा लामो श्वास लिँदै बिस्तारै श्वास फेर्न सकिन्छ। लामो श्वास लिँदा फोक्सो तथा शरीरमा अक्सिजन पर्याप्त पुग्न मद्दत मिल्छ। जसले गर्दा फोक्सोको श्वासनली फुल्ने र खुम्चने प्रक्रिया हुन्छ। श्वासनली फुल्ने र खुम्चने पक्रियाका कारण श्वासप्रश्वासमा सहजता हुनुका साथै फोक्सो पनि मजबुत बन्छ।
स्वस्थ वातावरण आवश्यक
त्यसो त व्यक्ति हिँडडुल गर्दा, बोल्दा पनि फोक्सोको व्यायाम पुगेको हुन्छ। तर, प्राकृतिक तथा स्वस्थ वातावरणमा हिँडडुल गर्न भने आवश्यक हुन्छ।
फोक्सोको नियमित व्यायाम गर्नाले फोक्सो मजबुत भई फोक्सोको संक्रमण तथा निमोनियाको जोखिमबाट बच्न सकिन्छ। सामान्यतः १२ वर्षभन्दा माथिका व्यक्तिले फोक्सोको व्यायाम गर्र्नु लाभदायक हुन्छ। कुनै दीर्घ रोगको समस्या भए चिकित्सकको परामर्शमा यस्तो व्यायाम गर्नु उचित हुन्छ।
खुल्ला किसिमको बगैंचा, जंगल, घर, पार्कजस्ता ठाउँमा फोक्सोको व्यायाम गर्न सकिन्छ। स्वच्छ वातावरणमा व्यायाम गरेको अवस्थामा श्वासका माध्यमबाट फोक्सोसम्म विकार तत्व पुग्ने सम्भावनाबाट बच्न सकिन्छ।
वातावरण प्रदूषण भएको ठाउँमा व्यायाम गर्दा त्यस्तो प्रदूषित हावा श्वासको माध्यमबाट फोक्सोमा जान्छ। जसले विभिन्न किसिमका रोग लाग्न सक्छ।
सामान्यतः बिहान र बेलुकीको समयमा व्यायाम गर्नु उचित हुन्छ। व्यायाम गर्नाले फोक्सो फुल्ने र खुम्चने प्रक्रियाका कारण मांशपेशी मजबुत हुन्छ। जसका कारण फोक्सो सक्रिय हुन्छ। फोक्सो सक्रिय हुँदा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पनि बच्न सकिन्छ।
हातखुट्टाको चालको आधारमा श्वासप्रश्वास प्रक्रिया चल्छ। त्यसैले श्वासप्रश्वासको चाल कतिपटक चल्यो भनेर समेत थाहा पाउन सकिन्छ। सामान्यतः एक मिनेटमा करिब ३५ पटक श्वासप्रश्वास प्रक्रिया च्लछ। सामान्यतः प्रति मिनेट ७० पटक मुटु धड्कन्छ।
सचेत बनौँ
शारीरिक व्यायाम गरेर तुरुन्तै आराम गर्नु हुँदैन। एक्कासि सुत्दा तथा बस्दा व्यक्तिको श्वासप्रश्वास प्रक्रिया असामान्य भएको हुन्छ। त्यसैले व्यायामपछि पनि बिस्तारै हातखुट्टा चलाएर तथा शरीर चलाउँदै आराम गर्नु उचित हुन्छ। श्वासनलीतिर पानी जाने भएकाले व्यायाम गर्नेबित्तिकै पानी पिउन पनि हुँदैन। यसो गर्दा सर्किएर ज्यानैसमेत जानसक्छ। त्यसैले केहीबेर आराम गरेर मात्रै पानी पिउनुपर्छ।
फोक्सो स्वस्थ तथा मजबुतका लागि खानपान तथा जीवनशैलीमा ध्यान दिनु आवश्यक छ। फोक्सोलाई मजबुत पार्नका लागि हरियो सागपात, पोषिलो खानपान सन्तुलित रुपमा प्रयोग गर्न आवश्यक हुन्छ । धूमपान तथा मद्यपान गर्नु हुँदैन।
कात्तिक ८, २०७७ शनिबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।