नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत
फाइल तस्बिर : अखिल नेपाल फुटबल महासंघ। 

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको स्थान यथावत छ। 

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७० औं स्थानमा छ। नेपालको ९७४ अंक छ। गत महिना पनि नेपाल सोही स्थानमै कायम थियो। 

दक्षिण एसियामा तेस्रो 

नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। भारत १०८ औं स्थानमा रहँदा माल्दिभ्स १५५ औं स्थानमा छ।

नेपालभन्दा पछि क्रमशः बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंका छन्। भुटान १८९, बंगलादेश १८७, पाकिस्तान २०१ र श्रीलंका २०६ औं स्थानमा रहेको फिफाको वेबसाइटमा उल्लेख छ।  

बेल्जियम शीर्षमा यथावत

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ। यस्तै, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र पोर्चुगल पाँचौ स्थानमा छन्।

यसैगरी, स्पेन छैटौं, उरुग्वे सातौं, अर्जेन्टिना आठौं, क्रोएसिया नवौं र कोलम्बिया दशौं स्थानमा रहेको फिफाको आधिकारिक वेबसाइटमा उल्लेख छ।  

कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प छ। 

कात्तिक ६, २०७७ बिहीबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।