अर्घाखाँची र रुपन्देहीका दुई कोरोना संक्रमितको मृत्यु

अर्घाखाँची र रुपन्देहीका दुई कोरोना संक्रमितको मृत्यु

भैरहवा  :  लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल धागो कारखाना बुटवलमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची पधेरीका ३८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष छन्।


 

असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए। यस्तै, कात्तिक १ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको डा.गौतमले जानकारी दिए।

स्वास्थ्य कार्यालयकाअनुसार योसँगै रुपन्देहीमा ५३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। अर्घाखाँचीमा भने ५ जनाको मृत्यु भएको छ।

 

कात्तिक ६, २०७७ बिहीबार १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।