मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

जनकपुरधाम  :  मोटरसाइकलले ठक्कर दिंदा धनुषामा एक जना साइकलमा सवारको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

क्षीरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा परि सोही नगरपालिका वडा नम्बर–५ कुमरौल बस्ने ५५ वर्षीय प्रेमचन्द्र झाको मृत्यु भएको छ। नगरपालिका वडा नम्बर–७ का २२ वर्षीय महादेव साह घाइते भएका छन्।

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ जानकी केबल इन्डस्ट्रिजको कार्यालयको उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ज १२ प २९४७ नम्बरको मोटरसाइकलले पश्चिमबाट पुर्व दिशामा गइरहेको साइकललाई ठक्कर दिंदा दुर्घटना भएको थियो। दुर्घटनामा परि घाइते साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रेमचन्द्र झा पुजा गरेर फर्किने क्रममा दुर्घटनामा परेका थिए।

प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको छ। तीब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीको भनाइ छ। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ५, २०७७ बुधबार १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।