प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते

जनकपुरधाम : प्रहरीले चलाएको गोली लागी बारामा एक जना भारतीय नागरिक घाइते भएका छन्। प्रहरीलाई गोली हान्न खोजेपछि प्रहरीले फायरिगं गरेको प्रहरीको भनाई छ।
बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा ड्युटिमा रहेको प्रहरीमाथी पेस्तोल हान्ने भारतीय नागरिक २८ वर्षका बृजकिशोर कुशवाहलाई गोली हानेर पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथी शंका लागि रोक्न खोज्दा उनी भागेको र प्रहरी टोलीले लखेट्ने क्रममा प्रहरीमाथीनै पेस्तोल फायर गरेको तर उनको पेस्तोल नपड्किएको प्रहरीले बताएको छ।
प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा कुशवाहको बाया पाखुरामामा गोली लागेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।
गोली लागेर ढलेपछि नियन्त्रणमा लिई प्रहरीले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराएको छ। उनको अवस्था सामान्य रहेको छ । उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । घटनाको जिल्ला प्रहरी कार्यालय बाराले छानबिन गरिरहेको मिश्रले बताए ।
कात्तिक ५, २०७७ बुधबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।