प्रदेश १ मा ५१३ संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा बुधबार ५सय १३ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ सय ६२,ग्रामथानमा १८, उर्लाबारीमा १४, सुन्दरहैचामा १०, रंगेलीमा ५, बेलबारीमा ४, कानेपोखरी ३, कटहरी ३, पथरीशनिश्चरे ३, लेटाङ ३, धनपालथानमा २, जहदा १ , सुनबर्षी १ र रतुवामाईमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको धरानमा ९१, इटहरीमा ७४, रामधुनीमा ६, दुहवीमा ३, इनरुवा २, बराहक्षेत्र २ गढीमा २ , देवानगञ्जमा १ , बर्जुमा १ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ। झापाको दमकमा २८ र विर्तामोडमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ।
प्रदेश १ मा बुधबार २८ जना डिस्चार्ज भएका छन्। विराट मेडिकल कलेजबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन।
हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार २ सय ८ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार ८ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २ सय ३० महिला र २ सय ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
हालसम्म १ लाख ५० हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कात्तिक ५, २०७७ बुधबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।