बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं : तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज तोलामा आठ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतितोला ९५ हजार ५०० रूपैयाँ पुगेको छ। यसअघि गत मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँ कायम थियो। 

तेजाबी सुन भने प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार २०० रूपैयाँमा कायम थियो। 

चाँदीको मूल्य भने प्रतितोला एक हजार २४० रूपैयाँ कायम भएको छ। 

कात्तिक ५, २०७७ बुधबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।