नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना पुष्टि 

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना पुष्टि 

काठमाडौं : नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको छ। उनले आफ्नो ट्विटर ह्याण्डलमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। 

‘प्रिय परिवारजन तथा साथीहरू, मेरो कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ। कोरोना केही लक्षण देखिए पनि मेरो स्वास्थ्य अवस्था ठिक छ। चिकित्सकको सल्लाह अनुसार म आफ्नो घरमा आइसोलेसनमा बसिरहेको छ,’ उनले ट्विट गरेका छन्।  

पछिल्लो पाँच दिनयता मेरो सम्पर्कमा आएकाहरूले चिकित्सकको सल्लाह लिन र सावधानी अपनाउन उनले आग्रह गरेका छन्। 

कात्तिक ५, २०७७ बुधबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।