आइपिएलमा शिखर धवनको नयाँ कीर्तिमान 

आइपिएलमा शिखर धवनको नयाँ कीर्तिमान 
आइपिएलमा किंग्स इलेभन पञ्जाबविरुद्ध शतक प्रहार गरेपछि खुसी मनाउँदै दिल्ली क्यापिटलका शिखर धवन। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : दिल्ली क्यापिटलका शिखर धवनले इण्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दुई खेलमा शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका छन्। 

किंग्स इलेभन पञ्जाबविरुद्ध जारी खेलमा शतक प्रहार गर्दै उनले यो कीर्तिमान कायम गरेको क्रिकइन्फो डट कमले जनाएको छ। पञ्जाबविरुद्ध धवनले अविजित रहँदै १०६ रन जोडेका छन्। ६१ बल खेलेका धवनले आफ्नो पारीमा १२ चौका र ३ छक्का प्रहार गरेका हुन्। 

यसअघि उनले चेन्नई सुपर किंग्सविरुद्ध अविजित रहँदै १०१ रन जोडेका थिए। आइपिएलमा यो नै उनको पहिलो शतक थियो। 

जारी खेलमा दिल्लीले पञ्जाबलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। दिल्ली र पञ्जाबले प्रतियोगिताको आ-आफ्नो १० औं खेल खेलिरहेका छन्। 

कात्तिक ४, २०७७ मंगलबार २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।