प्रदेश २ मा थप ७९ जना कोरोना संक्रमित, १ को मृत्यु

जनकपुरधाम : प्रदेश २ मा थप ७९ जना संक्रमित थपिएका छन्। यससँगै प्रदेशमा संक्रमितको संख्या १५ हजार १७ पुगेको छ।
प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीमा १८, पर्सामा १८, धनुषामा १३, सिरहामा ११, बारामा ६, महोत्तरीमा ४, सर्लाहीमा ४, रौतहटमा ४ र अन्य प्रदेशका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख विजयकुमार झाले जानकारी दिएका छन्।
त्यस्तै, प्रदेशमा आज थप ३१ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १३ हजार ७ पुगेको छ।
आज सप्तरीमा १९, पर्सामा ८, बारामा २ र सिरहा तथा महोत्तरीमा १/१ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन्।
प्रदेशमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ।
कोरोनाबाट सबैभन्दा बढी पर्सामा ४७, सप्तरीमा २३, बारा, धनुषा, १८÷१८, महोत्तरीमा १७, सिरहामा १६, सर्लाहीमा १३, रौतहटमा ९ र १ जना भारतीय नागरिकको मृत्यु भएको छ।
कात्तिक ४, २०७७ मंगलबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।