मोटरसाइकल–स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

तिलोत्तमा नगरपालिका-१ स्थित सिद्धार्थ राजमार्गको ड्राइभर टोल प्रहरी चौकी अगाडि बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल र बुटवलबाटै नयाँमिलतर्फ जाँदै गरेको स्कुटर एकापसमा ठोक्किएका हुन्।
दुर्घटनामा लु३३प ४९४७ नम्बरको मोटरसाइकलमा सवार सिद्धार्थ नगरपालिका-९ बस्ने वर्ष २८ का सुदीप घिमिरेको मृत्यु भएको प्रहरीले बताएको छ।
यस्तै, मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका-४ घर भई तिलोत्तमा-५ मणिग्राम बस्ने सरोज पन्त गम्भीर घाइते छन्।
त्यसैगरी, लु५४प ४७१७ नम्बरको स्कुटर चालक तिलोत्तमा-५ नयाँमिलका सुवास भण्डारी भने गम्भीर घाइते भएका छन्। उनीहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक ४, २०७७ मंगलबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।