रूपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिला छन्। उनको आज बिहान ५ः१० बजे ती महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजो अस्पताल भर्ना भएकी थिइन्। उनलाई हिजो नै आइसियुमा राखेर उपचार गरिएको थियो। उनलाई सुगर रोग रहेको अस्पतालले जनाएको छ।
कात्तिक ४, २०७७ मंगलबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।