बेलबारी नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द

बेलबारी नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा  बन्द

विराटनगर ः  मोरङको बेलबारी नगरपालिकाले अत्यावश्यक बाहेकको सबै सेवा बन्द गरेको छ।


कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले सोमबार देखि अत्यावश्यक बाहेकका सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गरेको हो।
    सोमबार नगरपालिकाले सूचना प्रकाशीत गरी नगरपालिका तथा मातहतका वडा कार्यालयबाट प्रबाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। नगरपालिकाले दशै, तिहार,छठलगायतका चाडवाड आ–आफ्नो घरभित्रै मनाउन र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न आग्रह गरेको छ।

कात्तिक ३, २०७७ सोमबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।