भीम अस्पतालमा ओपिडी सेवा बन्द

भैरहवा : भैरहवास्थित भीम अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द गरिएको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण ओपिडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीलगायत ११ जना कोरोना संक्रमित भएका छन्।
चिकित्सकलगायत कर्मचारी कोरोना संक्रमित भएपछि जनशक्ति अभाव हुन थालेकाले ओपिडी सेवा बन्द गर्नु परेको सूचना अधिकारी पोखरेलले जानकारी दिए। अस्पताल प्रशासनले गत आइतबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको थियो।
अस्पतालका अनुसार कर्मचारीमा कोरोना संक्रमणको जोखिम भएकाले ओपिडी सेवा दसैंसम्म बन्द गरिएको छ। तर, प्रसूति, आकस्मिकलगायत सेवा सुचारु राखिएको अस्पतालले जनाएको छ।
कात्तिक ३, २०७७ सोमबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।