६ लाख रूपैयाँ बराबरको कपडा र खाद्यान्न बरामद

६ लाख रूपैयाँ बराबरको कपडा र खाद्यान्न बरामद

विराटनगर : सुनसरी र मोरङका विभिन्न नाकाबाट अबैधरूपमा भन्सार छलेर ल्याइएका करिब ६ लाख मूल्य बराबरको कपडा तथा खाद्यान्य बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुनसरी र मोरङका विभिन्न नाकाबाट छुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा कपडा र खाद्यान्न पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। 

कार्यालयका अनुसार मोरङको रानीको सीमा एरियाबाट ल्याउँदै गरेको करिव चार लाख आठ हजार मूल्य बराबरको कपडा तथा खाद्यान्य सामान बरामद भएको छ। 

यस्तै, इनरुवा–दुहवी सडकखण्ड एरियाबाट भन्सार छलेर लुकाइछिपाई ल्याएको दुई  लाख मूल्य बराबरको कपडा बरामद भएको छ। 

सामान ल्याउन प्रयोग गरिएको दुई वटा टेम्पोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।  बरामद गरिएको सामान र टेम्पोलाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाइएको छ। 

कात्तिक ३, २०७७ सोमबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।