ललितपुर नगर प्रहरी नयाँ पोशाकमा देखिँदै

फाइल तस्बिर।
काठमाडौं : ललितपुर महानगरपालिका अन्तर्गतको नगर प्रहरी अब नयाँ पोशाकमा देखिने भएको छ।
नगर प्रहरीको पोशाक सोमबारबाट परिवर्तन हुने नगर प्रहरी प्रमुख सीताराम हाथेछुले जानकारी दिए। उनका अनुसार महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा सोमबार नगर प्रहरीको नयाँ पोशाक सार्वजनिक गरिने छ।
नगर प्रहरीको नेतृत्व ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक हाथेछुले लिएसँगै नगर प्रहरीको कार्यशैली र व्यवहारमा परिवर्तन आएको छ।
कात्तिक २, २०७७ आइतबार २३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।