झापामा राति ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा

झापामा राति ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा

विराटनगर : झापामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, झापाले आइतबार सूचना प्रकाशित गरी आजदेखि कात्तिक १४ गतेसम्म निषेधाज्ञा जारी गरेको हो।

संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि जिल्लाभर लागू हुने गरि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

चाडवाड मनाउँदा एकाघरका परिवारमा मात्रै मनाउने, अनावश्यक हिँडडुल नगर्ने, स्वास्थ्यका मापदण्ड पालन गर्ने, देउसी-भैलो लगायतका कार्यक्रमहरू गर्न नपाउने जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

 

कात्तिक २, २०७७ आइतबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।