प्रदेश २ मा छठपछि प्रहरी भर्ना खुल्ने

प्रदेश २ मा छठपछि प्रहरी भर्ना खुल्ने


जनकपुरधाम : प्रदेश प्रहरी ऐन पारित भएको करिव डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरी भर्ना गर्न लागेको छ।
 

 

आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले छठपश्चात प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिए।

उनले भने,‘प्रदेश मन्त्रिपरिषदको बैठकमा प्रहरी भर्नासम्बन्धी प्रस्ताव पारित गरिएको छ। चाडपर्व समाप्त भएलगत्तै प्रहरी भर्नाका लागि आवेदन आह्वान गरिने छ।’ मन्त्री यादवले प्रदेश २ सरकारले प्रहरी जवान, असई र प्रहरी निरीक्षक पदका लागि आवेदन आह्वान गर्ने बताए।

मन्त्रिपरिषद बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति समेत भएको छ।

बैठकले प्रदेश विपत व्यवस्थापनसम्बन्धी प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ। त्यस्तै  दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय समेत गरिएको मन्त्री यादवले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकमा कर्मचारीको सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७७ र प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय पनि गरिएको प्रवक्ता यादवले बताए।

कात्तिक २, २०७७ आइतबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।