समसामयिक परिस्थितिको एउटा हृदयस्पर्शी भिडियो

समसामयिक परिस्थितिको एउटा हृदयस्पर्शी भिडियो

काठमाडौं : नबिल बैंकले कोरोना भाइरस संक्रमणको महामारीबीच जीवन सहज बनाउन सन्देश दिने भिडियो सार्वजनिक गरेको छ। बैंकले चाडपर्वलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक गरेको हो। 

पारिवारिक पृष्ठभूभिमा बनाइएको भिडियोमा आफ्नाको साथ पाएमा असहज परिस्थितिलाई सहज बनाउन सकिन्छ भन्ने सन्देश चित्रण गरिएको छ। बिजनेस एडभान्टेज प्रालिले आर्कोआइरिस प्रालिसँगको सहकार्यमा उत्पादन गरेको भिडियोको कथा सुजिता महर्जनले लेखेकी हुन्।

सन्तोष पौड्यालले निर्देशन गरेको उक्त भिडियोमा बासना तिमल्सिना, कुशल पाण्डे, दिभासना त्वयना र सराहना पौड्यालले अभिनय गरेका छन्।

हरि हुमागाईंले छायांकन गरेको भिडियोको संगीत मोहित मुनालले भरेका हुन् भने सम्पादन पवित्ररत्न शाक्यले गरेका हुन्।

कात्तिक २, २०७७ आइतबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।