दोस्रो सुपरओभरमा पञ्जाबसँग मुम्बई पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलेभन पञ्जाबले मुम्बई इण्डियन्समाथि रोमाञ्चक जित हासिल गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा सोमबार बिहान सम्पन्न खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा मुम्बईलाई हराएको हो।
त्यसअघि निर्धारित २० ओभरको खेल बराबरी भएपछि खेल सुपरओभरमा पुगेको थियो। तर, सुपरओभरमा पनि दुवै टिमले बराबरी रन जोडेपछि दोस्रो सुपरओभर खेलाइएको थियो।
दोस्रो सुपरओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पञ्जाबले दुई बलअगावै पूरा गर्याे।
त्यसअघि पहिलो सुपरओभरमा मुम्बईले ६ रनको लक्ष्य पूरा गर्न सकेको थिएन। मुम्बईले १ विकेट गुमाएर ५ रन बनाएको थियो। त्यसअघि पञ्जाबले २ विकेट गुमाएर ५ रन बनाएको थियो।
निर्धारित २० ओभरको खेलमा भने दुवै टोलीले ६ विकेट गुमाएर १७६ रन जोडेका थिए।
जारी प्रतियोगितामा यो पञ्जाबको तेस्रो जित हो भने मुम्बईको तेस्रो हार।
कात्तिक ३, २०७७ सोमबार ००:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।