प्रदेश १ मा थप पाँच कोरोना संक्रमितको मृत्यु

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार झापामा ३ तथा मोरङ र सुनसरीमा १ १ जनाको मृत्यु भएको हो। यससँगै प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १२९ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, प्रदेशमा शनिबार ४८१ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको हो।
प्रदेशमा शनिबार एक हजार ४५० जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
कात्तिक १, २०७७ शनिबार २१:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।