१२ हजार रूपैयाँ घुससहित वनरक्षक नियन्त्रणमा

काठ ओसारपसारमा सहजीकरण गरिदिएबापत भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाको आधारमा अनुसन्धान एवं निगरानीका लागि बुटवलबाट खटिएको अख्तियार टोलीले बिकलाई नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
बिकलाई शनिबार बिहान ८:५० बजे घुस बापतको रकम लिइसकेको अवस्थामा सैनामैना–६, कलौनी चोकबाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
कात्तिक १, २०७७ शनिबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।