लुम्बिनी प्रदेश मन्त्रीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेश मन्त्रीलाई कोरोना संक्रमण

शुक्रबार साँझ आएको रिपोर्ट अनुसार मन्त्री चौधरीलाई कोरोना पोजेटिभ देखिएको हो। आफूसँगै पत्नी द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, गाडी चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्री चौधरीले बताए।

कोरोना संक्रमण देखिएसँगै उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका सबै जनालाई सजकता अपनाउन अनुरोध गरेका छन्।

सचिवालयका अनुसार मन्त्री चौधरीलाई सामान्य रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण देखिएको छैन।

कात्तिक १, २०७७ शनिबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।