दिपायल र पाटनमा हवाई उडान सुरु

दिपायल र पाटनमा हवाई उडान सुरु

काठमाडौं : कालोपत्रे भएपछि डोटीको दिपायल र बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः सुरु भएको छ।

लामो समयदेखि बन्द रहेका यी दुई विमानस्थलमा धनगढीलाई बेस बनाएर शुक्रबारदेखि  हवाई उडान सुरु भएको हो।

धनगढीबाट हरेक शुक्रबार बिहान १०ः३० मा उडान भर्ने समिट एयरले ११ः३० मा उडान भर्ने छ भने धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमानले उडान भर्ने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।

बुढथापामा अनुसार धनगढीबाट १६ यात्रु लिएर गएको उक्त विमानले डोटीबाट ११ जना यात्रु लिएर फर्किएको छ। 

धनगढीबाट १८ यात्रु बैतडी  लिएर आएको र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको हो। हाललाई धनगढी–दिपायलको भाडादर तीन हजार दुई सय रुपैयाँ तोकिएको छ। 

धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ। 

नियमित हवाई उडान भए पनि विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको समिट एयरले जनाएको छ। 

डोटीको दिपायल, बैतडीको पाटन र बझाङको देवल विमानस्थलमा यसअघि असोज १७ गते परीक्षण उडान गरिएको थियो।
 

असोज ३०, २०७७ शुक्रबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।