कायम रहला मुम्बईको अपराजित यात्रा?

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (शुक्रबार) मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दै छन्।
जारी सिजनमा चार खेलयता अपराजित रहेको मुम्बई आजको खेलमा जितको यात्रालाई कायम राख्ने रणनीतिमा छ। यसअघि प्रतियोगिताको पाँचौं खेलमा कोलकातालाई हराएकाले पनि उसको मनोबल बढेको छ।
कोलकाता पनि आजको खेल जितेर अंकतालिकामा दुई अंक थप्ने प्रयासमा हुनेछ।
हेड टु हेडमा मुम्बई अघि
हेड टु हेड नतिजाका आधारमा यी दुवै टोलीमा मुम्बई इण्डियन्स अघि देखिएको छ।
समाचार एजेन्सी स्पोर्टसकिडा डट कमका अनुसार यी दुवै टोलीबीच भएका २६ खेलमध्ये मुम्बईले २० खेल आफ्नो पक्षमा पारेको छ। कोलकाताले भने ६ खेलमा मात्रै सफलता पाएको छ।
अंकतालिकामा पनि मुम्बई
जारी सिजनको अंकतालिकामा कोलकाताभन्दा मुम्बई अघि देखिएको छ। मुम्बई ७ खेलबाट १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। समान खेल खेलेको कोलकाता ८ अंकसहित चौथो स्थानमा छ।
प्रदर्शन नतिजाका आधारमा मुम्बईको पल्ला भारी देखिएको छ। तर, कुन मुम्बईले नै खेल जित्छ भन्ने ठोकुवा गर्न सकिँदैन।
असोज ३०, २०७७ शुक्रबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।