प्रदेश १ मा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९ जना कोरोना संक्रमितको को मृत्यु भएको छ। प्रदेश १ को धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५,धरानमै होमआइसोलेनका १, विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ र विराटनगरकै विराट नर्सिङ होममा १ जना संक्रमितको मृत्यु भएको हो।

विराट नर्सिङ होम(विराटनगर अस्पताल)मा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिला, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर–४ का ५० वर्षीय र सुनसरीको धरान–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएकोे केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

धरास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका ३, तेह्रथुमका २, इटहरीका १ जना र होम आइसोलेसनमा रहेका धरानकै १ जनाको मृत्यु भएको  प्रतिष्ठानले जनाएको छ।

प्रदेश १ मा अहिलेसम्म कोरोना सक्रमणबाट १ सय १३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको रेकर्डमा छ।

मृत्यु हुनेमा प्रदेश १ का ७० पुरुष र २८ महिला छन्। १५ जना अन्य प्रदेशबाट आएर प्रदेश १ मा मृत्यु भएको हो।  

 

 

असोज २९, २०७७ बिहीबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।