प्रदेश १ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर : प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप दुई जनाको मृत्यु भएको छ।

बुढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो।

विराट शिक्षण अस्पतालमा बुढीगंगा गाउँपालिका–३, बाँसबारीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै, नोबेल शिक्षण अस्पतालमा सुन्दरहरैँचा नगरपालिका–५ की ४९ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। 

दुवैजना दीर्घ रोगी भएको अस्पतालहरूले जनाएका छन्।

थप ४४५ जनामा कोरोना पुष्टि 

प्रदेशमा बुधबार मात्र ४४५ जना कोरोना संक्रमित थपिएका छन्।

सुनसरीमा १ सय ९७, मोरंगमा १ सय ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटामा १, इलाममा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

असोज २८, २०७७ बुधबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।