तराई इन्जिनियर समाजको संगठन विस्तार

जनकपुरधाम : इन्जिनियरहरुको जनकपुरधाममा आज भएको एक भेलाद्वारा नेपाल तराई इन्जिनियर समाज धनुषा गठन गरिएको छ।
समाजको अध्यक्षमा ई. कृष्ण प्रसाद पण्डित र सचिवमा ई. सोनु साहलाई सर्वसम्मतिले चयन गरिएको छ।
समाजका प्रदेश अध्यक्ष एवं डिभिजन सिचाई कार्यालय धनुषाका डि.ई. भगवान झाको अध्यक्षतामा भएको सो भेलामा महासचिव दीपेन्द्र साहलगायतको उपस्थिती थियो।
यस्तै महोत्तरीमा इन्जिनियरहरुको एक भेलाद्वारा ई.विवेकराज झालाई महोत्तरी जिल्ला संमोजकमा चयन गरेको छ।
समाजले विभिन्न जिल्लामा संगठन विस्तार गरिरहेको महासचिव साहले जानकारी दिए।
असोज २८, २०७७ बुधबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।