चेन्नईले हैदरावादलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादसामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा टस जितेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाउन सक्यो।
उसका लागि सेन वाट्सनले सर्वाधिक ४२ रन जोडे। यस्तै, अम्बाती रायडु ४१, सैम कुरान ३१ र कप्तान महेन्द्रसिंह धोनीले २१ रनको योगदान दिए। रविन्द्र जडेजा २५ रनमा अविजित रहे। चेन्नईका दुई खेलमा शून्य रनमै पेवेलियन फर्किए।
बलिङतर्फ हैदरावादका सन्दीप शर्मा, खलिल अहमद र टि नटाराजनले समान २ विकेट लिए।
हैदरावादले केही समयपछि ब्याटिङ थाल्ने छ।
क्रिकइन्फो डट कम
असोज २७, २०७७ मंगलबार २१:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।