लुम्बिनी प्रदेशकी उपसभामुखलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशकी उपसभामुखलाई कोरोना संक्रमण

भैरहवा : लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। 

उपसभामुख थारुलाई कोरोनाको लक्षण भने केही पनि नदेखिएको उनको सचिवालयले जनाएको छ।

उनले कोरोना परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गत आइतबार स्वाब दिएकी थिइन्। परीक्षणको रिपोर्ट आज मात्रै आएको हो।

उपसभामुख थारुले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको भन्दै आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गरेकी छन्। उनी अहिले सेल्फ आइसोलेसनमा छिन्।

यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, आन्तारिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सांसदहरु दधिराम आचार्य र डिल्ली चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

असोज २७, २०७७ मंगलबार २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।