करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु
सांकेतिक तस्बिर।

भैरहवा : रूपन्देहीमा करेन्ट लागेर आज (मंगलबार) एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार सियारी गाउँपालिका–१, का ४० वर्षीय कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको हो। 

नहरमा मोटर लगाएर बारी सिँचाइका लागि पानी तान्ने क्रममा केसीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। 

असोज २७, २०७७ मंगलबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।