रूपन्देहीमा जिपको ठक्करबाट पुरुषको मृत्यु 

रूपन्देहीमा जिपको ठक्करबाट पुरुषको मृत्यु 

भैरहवा : रूपन्देहीमा आज (मंगलबार) भएको सवारी दुर्घटनामा पुरुषको ज्यान गएको छ। 

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार सिद्धार्थनगर–८ नारायणस्थान नजिकै भित्री सडक छेउमा फलफूल बेचिरहेका सिद्धार्थनगर नगरपालिका–६, दयापथ बस्ने ४० वर्षीय विनोद मल्लाहको लु१य ८ नम्बरको जिपको ठक्करबाट मृत्यु भएको हो। 

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) खड्गबहादुर खत्रीले जानकारी दिए।

प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। 

असोज २७, २०७७ मंगलबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।