हैदरावाद र चेन्नईको प्रतिष्पर्धा आज, कसको पल्ला भारी ?

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स प्रतिष्पर्धा गर्दै छन्।
दुवै टोली आजको खेल जितेर अंकतालिकामा स्थान सुधार गर्ने दाउमा छन्। जारी प्रतियोगितामा समान ७ खेल खेलिसकेका दुवै टोलीको समग्र प्रदर्शनका आधारमा स्तर समान देखिएको छ।
हेड टु हेड नतिजामा चेन्नई अघि देखिँदा अंकतालिकामा हैदरावादले बाजी मारेको छ।
हेड टु हेडमा चेन्नईको पल्ला भारी
हेड टु हेड नतिजाका आधारमा चेन्नईको पल्ला भारी देखिएको छ। यी दुवै टोलीबीच अहिलेसम्म भएका १३ खेलमा चेन्नईले ९ पटक बाजी मारेको छ। हैदरावादले भने ४ खेल मात्रै आफ्नो पक्षमा पारेको छ।
जारी सिजनमा यी दुवै टोलीबीच भएको खेल हैदरावादले ७ रनले जितेको थियो।
अंकतालिकामा हैदरावाद अघि
जारी प्रतियोगिताको अंकतालिकामा चेन्नईभन्दा हैदरावाद अघि देखिएको छ। हैदरावाद ६ अंकसहित पाँचौं स्थानमा छ। उसले तीन खेलमा जित हासिल गर्दा चार खेलमा पराजयको सामना गरेको छ।
चेन्नई भने ४ अंकसहित सातौं स्थानमा छ। उसले अहिलेसम्म दुई खेलमा मात्रै जित हासिल गरेको छ। यस्तै, पाँच खेलमा हारको सामना गरेको छ।
प्रदर्शनका आधारमा कुन टोलीले खेल जित्ने भन्ने ठोकुवा गर्न सक्ने स्थिति छैन।
असोज २७, २०७७ मंगलबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।