दसैंमा नयाँ नोट साट्न नपाइने

दसैंमा नयाँ नोट साट्न नपाइने

काठमाडौं : यस वर्षको दसैंमा सर्वसाधारणहरूले बैंकहरूबाट नयाँ नोट सटही गर्न नपाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै दसैंमा सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न नसकिने जनाएको हो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि तोकेका स्वास्थ्यसम्बन्धी मापदण्डहरूलाई ध्यानमा राख्दै बैंकहरूमा बढी भिडभाड हुन नदिन यस्तो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमा समेत संक्रमण फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च रहेकाले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै बैंकका कुनै पनि कार्यालयहरूबाट यस वर्षको दसैंमा नयाँ नोट सटही गर्न नसकिने सूचनामा उल्लेख छ।

विगतका वर्षमा बैंकहरूले दसैंका बेला सर्वसाधारणका लागि साना दरका नयाँ नोटहरू सटही गर्दै आएका थिए। 

असोज २६, २०७७ सोमबार २०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।