अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको मृत्यु

भैरहवा : रूपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित महिलाको मृत्यु भएको छ।
ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान ११ बजे अस्पताल ल्याइएकी अर्घाखाँचीको सन्धिखर्क ४ की ८० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
उनको उपचारकै क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी गौतमका अनुसार ती महिलालाई तीन दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो।
उपचारकै क्रममा इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा ती महिलामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
असोज २६, २०७७ सोमबार १९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।