देवदहका कोरोना संक्रमित वृद्धको मृत्यु

भैरहवा : रूपन्देही थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत देवदह नगरपालिका-१० का ७९ वर्षीय वृद्धको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते कोरोना विशेष अस्पताल भर्ना भएका थिए।
ती वृद्धको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेकामा सोमबार बिहान ७ः३० बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए। योसँगै रूपन्देहीमा कोरोना संक्रमित ४० जनाको मृत्यु भएको छ।
असोज २६, २०७७ सोमबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।