मजदुरलाई बाख्रा वितरण

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ कि ललिता लामा आज धेरै खुशी देखिन्छिन। उनले ५ वटा बाख्रा पाएकी छन्। बाख्राबाट हुने आम्दानीले जीवनयापन गर्न सहज हुने विश्वास छ उनमा।
कोराना भाइरस महामारीले रोजगारी गुमाएका विपन्न तथा गरीब परिवारहरुलाई बाख्रा वितरण गरिएको छ।
गणेशमान चारनाथ नगरपालिका, यू.एन.डि.पी.र सामुदायिक सुधार केन्द्र धनुषाको संयुक्त साझेदारीमा संचालित परियोजनाले बाख्रा वितरण गरेको हो।
गणेशमान चारनाथ नगरपालिकाको वडा नं १ र ५ मा कोरोना महामारीबाट प्रभावित विपन्न तथा गरिब परिवारहरुलाई आर्थिक उन्नतीमा टेवा पुग्ने गरी बाख्रा वितरण गरिएको हो।
प्रत्येक किसानलाई ५ वटा वाख्राको दरले कुल जम्मा ३३ घरधुरीलाई १६५ वटा बाख्रा वितरण गरिएको छ ।
५घरपरिवारलाई उन्नत जातको बोका हस्तान्तरण गरिएको सामुदायिक सुधार केन्द धनुषाका अध्यक्ष संजय साहले वताए।
बाख्रा वितरण गर्दै सामुदायिक सुधार केन्द्रका परियोजना संयोजक श्री राम दुलार यादवले कोभिड १९ बाट प्रभावित परिवारहरुलाई सामाजिक तथा आर्थिक पुर्नलाभका साथ साथै व्यवसायिक बाख्रा पालनमा समेत ठुलो सहयोग हुने वताए।
हस्तान्तरण गरिएका बाख्राहरुलाई पशु चिकित्सक टोलीले चेक जाँच गरेर लिभर टनिक र जुकाको औषधीहरु खुवाईएको थियो।
बाख्राहरुलाई व्यवस्थित बासस्थानका लागि ३३ वटा खोर समेत निर्माण गर्ने र स्थानिय माँग अनुसारको पौष्टिक अहारहरु समेत उपलब्ध गराउने लक्ष्य रहेको छ।
असोज २५, २०७७ आइतबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।