वर्ल्डलिंकले साढे सात हजार स्थानमा फ्रि इन्टरनेट सेवा दिने 

वर्ल्डलिंकले साढे सात हजार स्थानमा फ्रि इन्टरनेट सेवा दिने 

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले देशभरका साढे सात हजार स्थानमा फ्रि इन्टरनेट सेवा दिने भएको छ। 

वर्ल्डलिंकले जुममार्फत पत्रकार सम्मेलन गरि फेसबुकसँगको सहकार्यमा ‘पब्लिक वाइफाई’मार्फत फ्रि इन्टरनेट सेवा दिन लागेको जनाएको हो। यसबाट प्रयोगकर्ताले सहज, छिटो र छरितोरूपमा इन्टरनेट सेवा लिन पाउने कम्पनीको दाबी छ। 

पत्रकार सम्मेलनमा वर्ल्डलिंकले फेसबुकको एक्सप्रेस वाइफाई प्लेटफर्ममार्फत नेपालभर सार्वजनिक वाइफाई सेवा उपलब्ध गराउने जनाएको छ। 

एक्सप्रेस वाइफाई प्लेटफर्मअन्र्तगत अहिले वल्र्डलिंकले देशभर उपलब्ध गराएको १० हजारभन्दा बढी सार्वजनिक फ्रि वाइफाईमध्ये साढे सात हजारका लागि सहकार्य गरेको वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले जानकारी दिए। उनले यो सहकार्यले इन्टरनेट पहुँचको बढ्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामीलाई सरकारले ‘स्पेक्ट्रम’ (तरंगको पहुँच) दिएको छैन। यसले समस्या भएको छ। फेसबुकसँगको सहकार्यमा पब्लिक वाइफाई व्यवस्थापन गर्न सहयोग हुनेछ।’

सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कानुन ल्याए प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो।

असोज २५, २०७७ आइतबार १४:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।