रुपन्देहीमा चार कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा चार कोरोना संक्रमितको मृत्यु

भैरहवा : रुपन्देहीमा चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ६१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ।

असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको हो।

उनमा असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा श्वासप्रश्वासको समस्या भएको अस्पतालले जनाएको छ।

यस्तै, बुटवल उपमहानगर–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे कोरोना विशेष अस्पताल धागो कारखानामै आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना पुष्टि भएको थियो । उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. गौतमले जानकारी दिए।

तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ। ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन्।

यस्तै, बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको छ।

रुपन्देहीमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल लैजाने क्रममा बाटोमै आइतबार बिहान मृत्यु भएको डा.गौतमले बताए। उनी मुटुका दीर्घरोगी थिए।

असोज २५, २०७७ आइतबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।