बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

भैरहवा : बाँकेमा दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

शनिवार राति पाँच मिनेको अन्तरमा  थप दूई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
 

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-८, गोल्छा निवासी ७१ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका-१० निवासी ८४ वर्षीय पुररुष छन्।

महिलाको गएराति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो। उनलाई असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलामा गम्भीर प्रकृतिको निमोनिया रहेको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

यस्तै, पुरुषको शनिवार राति ९ः ५५ बजे मृत्यु भएको हो। उनमा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले  जनाए। उनमा निमोनिया र स्वासप्रश्वासमा समस्या थियो।

योसंगै बाँकेका २६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

त्यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका थप १२ जना समेत गरि कुल ३८ जनाको मृत्यु भएको श्रेष्ठले जनाकारी दिए।

असोज २५, २०७७ आइतबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।