प्रदेश २ मा कोरोनाबाट ३ जनाको मृत्यु

शुक्रबार संक्रमित हुनेहरुमा ६महिला र ३७ पुरुष छन्। पर्सामा १२,रौतहटमा ७, बारामा ७, सप्तरीमा ७, महोत्तरीमा ५, धनुषामा ३ र सिरहामा २ जना संक्रमित भएका छन्। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा मंगलबार ४३ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाल झाले बताए।
प्रदेशमा शुक्रबारसम्म ११ हजार ८ सय ३३ पुरुष र २ हजार २ सय २४ महिला गरि जम्मा १४ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोे जानकारी उनले दिए।
पछिल्लो २४ घण्टामा यस प्रदेशका १ सय ७० जना अस्पतालबाट डिस्चार्ज भई आ–आफ्नो घर फर्केका छन्।डिस्चार्ज हुनेहरुमा सप्तरीका७, सिरहाका ५३, धनुषाका ५८, रौतहटका ५० र पर्साका २ जना छन्।
हालसम्म प्रदेश २ का सप्तरीका १ हजार ८५, सिरहाका ७ सय ५ धनुषाका १ हजार ६ सय ९७, महोत्तरीका १ हजार ६८, सर्लाहीका १ हजार ८ सय ६, रौतहटका १ हजार ६ सय ७१, बाराका १ हजार १ सय ८६ र पर्साका २ हजार ४ सय ८२ गरि ११ हजार ७ सय जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा १८ हजार ३ सय ४१, सिरहामा १० हजार ५ सय ९३, धनुषामा १४ हजार ८ सय ७६, महोत्तरीमा ७ हजार ६ सय ३, सर्लाहीमा १३ हजार ६ सय ३३, रौतहटमा २३ हजार १३, बारामा ११ हजार ९ सय ५७ र पर्सामा २६ हजार ५ सय ८३ गरि जम्मा १ लाख २६ हजार ६ सय १ जनाको स्वाव परिक्षण गरिएकोमा १४ हजार ५७ जना संक्रमित भएका छन् भने १ लाख १० हजार ९ सय ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
सप्तरीमा ४१, सिरहामा १६, धनुषामा २ सय, महोत्तरीमा १ सय ५०, सर्लाहीमा ५०, रौतहटमा १ सय ५०, बारामा ३ सय १६ र पर्सामा ६ सय ४८ गरि कुल १ हजार ५ सय ७१ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रबारमात्र सप्तरीमा ४२ धनुषामा ८२ र पर्सामा ६४ गरि १ सय ८८ जनाको स्वाव संकलन गरिएको छ।
प्रदेश २ को आठवटै जिल्लाका विभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ४ सय २० बेड क्षमताको १ सय ६९ वटा क्वारेन्टाइनमा अहिले १ सय २८ जनालाई राखिएको छ। १ हजार ३ सय ८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ९ सय ६२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ६९, सिरहामा ६ सय ६, धनुषामा १४, महोत्तरीमा ४, सर्लाहीमा १८, रौतहटमा ३, बारामा १८ र पर्सामा ४८ गरि ७ सय ८० जनालाई भर्ना गरिएको झाले जानकारी दिए।
प्रदेशमा सप्तरीमा १ सय ६३, सिरहामा ७३, धनुषामा २ सय ६९, महोत्तरीमा ३ सय ६१, सर्लाहीमा ९५, रौतहटमा २ सय ९६, बारामा १ सय २८ र पर्सामा ४५ गरि १ हजार ४ सय ३० जना होम आइसोलेसनमा रहेको उनले बताए।
प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ७ सय २ जना संक्रमित भएका छन्। धनुषामा १ हजार ९ सय ९५, रौतहटमा १ हजार ९ सय ७७, सर्लाहीमा १ हजार ९ सय २८, महोत्तरीमा १ हजार ४ सय ४८, बारामा १ हजार ३ सय ५०, सप्तरीमा १ हजार ३ सय ३४ र सिरहामा १ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २ हजार २ सय १० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा २५ महिला र १ सय २२ पुरुष गरि १ सय ४७ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म पर्सामा ४५, सप्तरीमा १९, बारामा १८, धनुषामा १८, महोत्तरीमा १५ सिरहामा १५सर्लाहीमा ९ रौतहटमा ७ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।
असोज २३, २०७७ शुक्रबार २०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।