प्लेइन ११ मा पर्लान् सन्दीप ?

दिल्लीको प्लेइन ११ मा सन्दीप पर्लान् कि नपर्लान् भन्ने नेपाली क्रिकेटप्रेमीमाझ चासोको विषय बनेको छ। यद्यपि, यसबारे टसपछि मात्रै थाहा हुने छ।
जारी प्रतियोगितामा पाँच खेल खेलिसकेको दिल्लीको प्लेइन ११ टोलीमा सन्दीप पर्न सकेका छैनन्।
क्रिकेट विशेषज्ञ एवं भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी अजित अगारकर दिल्लीले प्लेइन ११ मा खेलाडी परिवर्तन गर्ने सम्भावना नरहेको बताउँछन्।
क्रिकइन्फोसँगको कुराकानीमा उनले भने, ‘दिल्लीको प्लेइन ११ मा बलिङमा विकल्प छ। त्यसैले उसले खेलाडी परिवर्तन गर्छ भन्ने लाग्दैन।’
दिल्लीले ब्याटिङ मजबुत बनाउन हेटमायरलाई प्लेइन ११ मा यथावत राख्न सक्ने उनको भनाइ छ।
कतिपयले भने दिल्लीले बलिङ मजबुत बनाउन अन्तिम ११ मा सन्दीपलाई राख्न सक्ने आँकलन गरेका छन्। यो अवस्थामा दिल्लीले सिमरोन हेटमायरलाई बेन्चमा राखेर सन्दीपलाई प्लेइन ११ मा राख्न सक्ने अनुमान गरिएको छ।
सन्दीपले अघिल्ला सिजनमा राम्रो प्रदर्शन गरेकाले पनि प्लेइन ११ मा उसको सम्भावना बलियो देखिन्छ। क्रिकबज डट कमका अनुसार सन्दीपले आइपिएलका ९ खेलबाट १३ विकेट लिएका छन्।
दिल्लीले जारी प्रतियोगिताका प्रतियोगिताका ५ खेल खेलिसकेको छ। ऊ चार खेल जितेर ६ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा छ।
समान खेल खेलेको राजस्थान भने ४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।
असोज २३, २०७७ शुक्रबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।