मेडिकल कलेज संचालनको माग गर्दै नेविसंघ आन्दोलित

मेडिकल कलेज संचालनको माग गर्दै नेविसंघ आन्दोलित

नेविसंघले मेडिकल कलेज सञ्चालनको माग राख्दै बिहिबार धनगढी–अत्तरिया सडक अन्तर्गत गेटामा विरोध स्वरोप आधा घण्टा चक्का जाम गरेको छ।

नेविसंघ गोदावरीको आयोजनामा विरोध कार्यक्रम भएको हो। 

विरोध कार्यक्रमको नेविसंघका नेता जगतराम महरा, देवराज ओझाको नेतृत्वमा भएको हो ।

विरोध सभालाई तरण दलका नेता शंकर खड्का, नेविसंघका नेता पदमराज ओझा, शंकरदेव क्याम्पस काठमाण्डौं नेविसंघका नेता दिपकराज ओझा, मेडिकल कलेज स्थापनार्थ दवाव समुहका संयोजक एवं नेपाली काँग्रेसका नेता धर्मराज भट्ट लगायतले सम्बोधन गरेका थिए।

नारा, जुलुससहित निकालेको विरोध जुलुसमा स्थानीयको पनि सहभागिता थियो।

मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढेको ११ वर्ष बितिसक्दा पनि अध्यापनको अझै टुङ्गो नभएपछि आन्दोलनमा उत्रिएको नेविसंघले जनाएको छ। 

कार्यकारी निर्देशक भीमबहादुर साउदले यो वर्ष अस्पताल पनि सञ्चालन गर्न नसकिने बताए। शैक्षिक कार्यक्रम सञ्चालनमा ढिलो भए पनि अस्पताल सञ्चालनका लागि समितिले सरकारसँग बजेट माग गरेको थियो। तर, सरकारले पर्याप्त बजेट दिएको छैन। 

कलेजमा पूर्वाधारको समग्र प्रगति करिब ७५ प्रतिशत सम्पन्न भइसकेको उनले बताए।

असोज २२, २०७७ बिहीबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।