कोलकातालाई ४ अंकको संयोग !

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (बुधबार) कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्ससँग प्रतिष्पर्धा गर्दै छ।
जारी प्रतियोगितामा कोलकातालाई ४ अंकको संयोग परेको छ। कोलकाता चार खेलबाट ४ अंकसहित चौथो स्थानमा छ।
क्रिकइन्फो डट कमका अनुसार कोलकाताले जारी प्रतियोगितामा दुई खेलमा जित हासिल गर्दा समान खेलमै पराजित भएको छ। जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा कोलकाता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो।
आफ्नो दोस्रो खेलमा भने कोलकाताले सनराइजर्स हैदरावादलाई ७ विकेटको जित हासिल गरेको थियो।
यस्तै, आफ्नो तेस्रो खेलमा कोलकाताले जित यात्रा कायम राख्यो। उक्त खेलमा उसले राजस्थान रोयल्सले पराजित गर्याे। तर, त्यसपछिको खेलमा भने कोलकाताले जितको यात्रा कायम गर्न सकेन। उक्त खेलमा ऊ दिल्ली क्यापिटलसँग १८ रनले पराजित भयो।
असोज २१, २०७७ बुधबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।