नेपाल एयरलाइन्स दुई साता हङकङ उड्न नपाउने

काठमाडौं : नेपाल एयरलाइन्सको विमानबाट हङकङ पुगेका यात्रुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारबाही गरेको छ।
अक्टुबर २ तारेखका दिन हङ्कङ गएका ५ यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि हङकङले दुई साताका लागि उडानमा रोक लगाएको हो।
निगमकी प्रवक्ता अर्चना खड्काले हङकङले दुई साताका लागि नेपाल एयरलाइन्सलाई उडान गर्न रोक लगाएको जानकारी दिइन्।
निगमको विमानमार्फत हङकङ गएका सबै यात्रुको कोरोनाको पीसीआर रिपोर्ट हेरेरै पठाइएको उनले जानकारी दिइन्।
नेपालबाट ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाए हङकङ जान पाइने प्रावधान छ।
सोही प्रावधानअनुसार यात्रु उडाएको तर पछि कोरोना देखिएपछि एयरलाइन्स कारबाहीमा परेको उनले बताइन्
हङकङले उडान रोकेका कारण दुई साताका लागि तय भएको एयरलाइन्सको दुईवटा उडान प्रभावित हुनेछन्।
असोज २०, २०७७ मंगलबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।