यी हुन् ह्विप नमान्ने कांग्रेसका ५ सांसद

रूपन्देही : प्रदेश ५ सरकारले सदनमा प्रस्तुत गरेको स्थायी राजधानी दाङ देउखुरी राख्ने प्रस्तावको पक्षमा नेपाली कांग्रेसका ५ सांसदले मत दिएका छन्।
मंगलबार राजधानीबारे सरकारले प्रस्तुत गरेको प्रस्तावमा बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, शंकर गिरि, डिल्ली चौधरी र अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका हुन्।
कांग्रेसका सांसद सुरेन्द्र हमाल मतदानमा सहभागी थिएनन्। उनी काठमाडौं आएका छन्।
प्रदेशसभामा कांग्रेसका १९ सांसदमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका हुन्।
कांग्रेसले बुटवललाई नै स्थायी राजधानी राख्नुपर्ने भन्दै सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने ह्विप जारी गरेको थियो।
असोज २०, २०७७ मंगलबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।