राजधानी र नामबारे मतदान सुरु

राजधानी र नामबारे मतदान सुरु

रुपन्देही : प्रदेश ५ को राजधानी र नामबारे प्रदेश सभामा मतदान गर्न  प्रक्रिया सुरू भएको छ। अहिले प्रदेश सभा सांसदहरू मतदानमा सहभागी भइरहेका छन्। 

प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि मतदान भइरहेको हो।

प्रदेशसभामा प्रदेश सरकारले प्रस्तुत गरेको प्रतावमाथि निर्णय गर्न मतदान गर्न लागिएको हो। 

प्रदेशसभामा उपस्थित सदस्यहरूको दुई तिहाइ मत प्राप्त भएमा प्रस्ताव पारित हुने छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलले पार्टीको निर्णयमा मतदान गर्न ह्विप जारी गरेको छ। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीयले प्रस्तावको विपक्षमा मतदान गर्न ह्पि जारी गरेको छ।

प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन्। दुई तिहाइका लागि कम्तीमा ५८ जना प्रदेशसभा सदस्यले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने छ।

सत्तासिन नेकपाको ६०, कांग्रेसको १९, संघीय समाजवादी पार्टीको ६ र राजमोको १ सदस्य छन्।

असोज २०, २०७७ मंगलबार १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।